राजधानीमा आगलागी, त्यसपछि के भयो ?

राष्ट्र न्यूज सम्वाददाता
फागुन ५, २०७४
Fire-800-x-400

काठमाडौं, ५ फागुन । काठमाडौं महानगरपालिका वडा नम्बर १२ लगनमा शनिबार बिहान आगलागी भएको छ।

आगलागीबाट अमृत नारायण महर्जन र अमृतलाल रञ्जितको घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।

आगलागीबाट एक जना घाइते भएका छन् भने ६५ वर्षीय एक वृद्धको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ।

आगलागीको कारण नखुलेपनि घरभित्र बालेको हिटरबाट आगो सल्किएको हुनसक्ने प्रारम्भिक अनुमान छ। घटनामा परी जीवनकाजी श्रेष्ठको अवस्था अज्ञात छ भने उनका छोरा प्रविण घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि वीर अस्पताल लगिएको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives