पोखरा, १२ माघ। सरकारले द्वन्द्वकालमा तत्कालिन विद्रोही समुहवाट कास्कीमा मारिएका ८ जनालाई सहिद घोषणा गरेको छ ।
साथै २०१८ सालमा मारिएका हरिप्रसाद गुरुङलाई समेत गरि कास्कीका ९ जनालाई सहिद घोषणा गरेको हो ।
बिहीबार साँझ बसेको मन्त्रीपरिषद्को बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञ बहादुर थापाको प्रस्तावमा उनीहरुलाई सहिद घोषणा गरिएको हो।
कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा न ४ ( साबिक सल्यान गाबिस ) का कृष्णबहादुर गुरुङ, अन्नपूर्ण गाउँपालिका वडा न १० ( साबिक घान्दुक गाबिस ) का ईश्वर गुरुङ, माच्छापुछ्रे गाउँपालिका वडा १ ( साबिक माच्छापुच्छ्रे गाबिस ) का टेक बहादुर गुरुङ, पोखरा लेखनाथ महानगरपालिका वडा न २६ ( साबिक लेखनाथ ५ ) का चन्द्र बहादुर रानाभाट, मादी गाउँपालिका वडा १२ ( साबिक हंसपुर गाबिस ) का पशुुपती रानाभाट, माच्छापुच्छ्रे गाउँपालिका वडा १ ( साबिक माच्छापुछ्रे गाबिस ) का पुर्ण बहादुर भुजेल र पोखरा लेखनाथ महानगरपालिका वडा न ९ का गणेशमान पालिखेलाई सरकारले सहिद घोषणा गरेको हो।
उनीहरु सशस्त्र द्वन्द्वकालमा तत्कालिन विद्रोही समुहवाट मारिएका हुन् भने माच्छापुछ्रे गाउँपालिका वडा न ८ ( साबिक ल्वाङ घलेल गाबिस ) का हरिप्रसाद गुरुङलाई बिस २०१८ सालमा नै मारिएको थियो ।उनलाई पञ्चायत कालमा मारिएको थियो।
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
वैशाख १७, २०८१विष्णुपादुकामा लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना
वैशाख १५, २०८१ओझेलमा परेका चमेराहरुको संरक्षण कहिले ?
वैशाख १३, २०८१राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता
वैशाख ११, २०८१गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गर्ने
वैशाख ७, २०८१पोखराका केहीस्थानमा टेलिफोन सेवा अवरुद्व हुने
वैशाख ३, २०८१ओझेलमा परेका चमेराहरुको संरक्षण कहिले ?
वैशाख १३, २०८१विष्णुपादुकामा लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना
वैशाख १५, २०८१एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
वैशाख १७, २०८१
Related News
सम्बन्धित समाचार
पोखराका केहीस्थानमा टेलिफोन सेवा अवरुद्व हुने
नेशनल क्रियशनमा शैक्षिक पुरस्कार वितरण
पोखरा १४ का केही स्थानमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्व
रोजगारी उपलब्ध गराउन पोखरा १३ मा जब फेयर
डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे
Archives
Archives