पोखरा, १० माघ। कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नं १६ स्थित अर्मलामा आयोजित पर्वतिय दौडमा प्युठानका दाजु भाई प्रथम र तृतिय भएका छन् भने नेपाली सेनाले दोश्रो स्थान हासिल गरेको छ ।
१० किलोमिटर उक्त दौडमा प्युठानका दामोदर बुढामगरले ४४ मिनेट २१ः०२ सेकेण्डमानै दुरी पार गर्दै नगद १५ हजार प्राप्त गरे ।
पोखराको बाटुलेचौर बाट सुरु भएको दौडमा नेपाली सेनाका रमेश मव्रmातीले ४५ मिनेट २१ः०२ सेकेण्डमा दुरी पार गर्दै तेश्रो भए । उनले नगद १० हजार पाए । दौडमा प्युठानका रुपलाल बुढामगरले ४५ मिनेट ५४ः०२ सेकेण्डमा दुरी पार गर्दै तेश्रो स्थान हासिल गरे। उनले नगद ५ हजार प्राप्त गरे ।
दुर्गा युवा क्लब अर्मलाको आयोजनामा भएको उक्त प्रतियोगितामा नेपाली सेनाका शुभाष कार्की र विष्णु कुमार तामाङले क्रमश चौथौ र पाँचौ स्थान हासिल गर्दै सान्त्वना स्वरुप नगद १ हजार ५ सय पाए ।
७५ जना धावक सम्मिलित भएका मध्ये सहभागी ७ जना महिलामा ललिता लामिछानेले १ घन्टा ८ः४२ सेकेण्डमा दुरी पार गर्दै प्रथम भइन् ।
सुस्मिता भट्टराइले दोश्रो स्थानका लागि उक्त दुरी १ घन्टा ९ मिनेटमा पार गरिन् भने सिन्धु अधिकारीले १ घन्टा २६ मिनेटमा दुरी पार गर्दै तेश्रो भइन् । पर्वतिय दौडको शुभारम्भ पूर्व राष्ट्रिय भलिबल खेलाडी उदय बहादुर बस्नेतले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
ओलम्पिक खेलाडीहरुलाई गण्डकी सरकारको मासिक ५ हजार सहित सम्मान
प्रथम पोखरा तेक्वान्दो प्रतियोगितामा अञ्जुली च्याम्पियन
प्रथम पोखरा तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता शुरु
खेलकुद पत्रकार मञ्चद्वारा पूर्व अध्यक्ष घलेको स्वागत
पोखरा म्याराथनको सह–प्रायोजकमा कृषि विकास बैंक
Archives
Archives