कास्कीको सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता जारी

राष्ट्र न्यूज सम्वाददाता
फागुन ३, २०८१
7842aa79-3069-4d55-b2bf-9c552173924f

पोखरा, ३ फागुन । कास्कीको माछापुच्छ«े गाउँ पालिका वडा नं. ९ सिधिङमा भएका साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता जारी रहेको छ ।

प्रतियोगिताको तेस्रो दिन ५ खेल सम्पन्न भएको छ । प्रतियोगिताको पहिलो खेलमा यातायात मर्दि हिमाल समूहलाई पछि पार्दै कालीमाटीले विजय सुरुवात गरेको छ । एन वि.वाई सी र ठुलाखेत बीच भएको दोस्रो खेलमा ठुला खेत विजय भयो । घलेल र कुरुवा बीच भएको खेलमा घलेल विजय भयो । भुर्जुङखोला र घाचोक बिच भएको खेलमा भुर्जुङखोला विजय हुन सफल भयो । अन्तिम खेलमा सैमराङलाई पराजित गर्दै किम्चेले आगामी यात्रा तय ग¥यो ।

माघ ३० गते देखि फागुन ४ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले नगद ८५ हजार, द्धितीयले नगद ५० हजार र तृतीयले नगद ३० हजार र सान्त्वना हुनेले नगद २० हजार रुपँया साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडि, उत्कृष्ट स्पाई कर र उत्कृष्ट सेटरलाई नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक याम क्षेत्री बताए ।
भेट्रान्स भलिबल प्रतियोगिता तर्फको विजेताले नगद ३० हजार र उप–विजेताले नगद २० हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कार्यक्रममा स्थानीय तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु द्धारा बाजागाजा सहितको नृत्य,गायन,हास्यव्यड्ड विशेष प्रस्तुति राखेका थिए । यसैगरी शनिबार चर्चित गायिका समिक्षा अधिकारीको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै