हेमजा युनाइटेडको आठौँ साधारण सभा भित्ते–पात्रो विमोचनसँगै खेलाडी सम्मान

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १८, २०८३
685903295_1540723661388486_8519787477131353063_n

पोखरा । हेमजा युनाइटेडको आठौँ साधार सभा शुक्रवार सम्पन्न भएको छ ।  २०७० सालमा स्थापना भई सक्रिय सामाजिक तथा खेलकुद संस्थाका रूपमा आफ्नो पहिचान बनाउन सफल हेमजा युनाइटेडको आठौँ वार्षिक साधारण सभामा २०८३ सालको संस्थागत वार्षिक कार्यपालिका सहितको भित्ते पात्रो विमोचन एवं खेलाडी सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर कार्यपालिका सदस्य एवं वडा नं. २५, हेमजाकी कार्यवाहक अध्यक्ष धनकुमारी पोखरेल तिमिल्सिनाले हेमजा क्षेत्रमा खेलकुद विकास, युवाहरूको क्षमता अभिवृद्धि तथा सामाजिक एकतामा हेमजा युनाइटेडले खेलेको भूमिका महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरिन्। निवर्तमान अध्यक्ष एवं हेमजा युनाइटेडका सल्लाहकार शोभाकर तिम्सिना तथा सल्लाहकार नवराज अधिकारीले संस्थाको निरन्तर प्रगतिका लागि सफलताको कामना गरेका थिए।

कार्यक्रममा संस्थाका सचिव महादेव अधिकारीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष नीराजन अधिकारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सभाबाट पारित गरिएको छ।

उक्त अवसरमा हेमजा युनाइटेड अन्तर्गत सञ्चालनमा रहेको एकेडेमीको प्रतिनिधित्व गर्दै दोस्रो पोकोमेट खुला महिला फुटसल फुटबल प्रतियोगिता–२०८३ मा प्रथम स्थान हासिल गर्न सफल खेलाडीहरूलाई बधाई ज्ञापन गर्दै नगद, दोसल्ला र प्रमाणपत्रसहित विशेष सम्मान गरिएको थियो। उक्त प्रतियोगिता पोकोमेट पोखराको आयोजनामा २०८३ वैशाख ३ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको थियो। सम्मानित खेलाडीहरूले प्राप्त सम्मानले थप उत्साह र प्रेरणा मिलेको बताएका थिए।

हेमजा युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सदस्य मनोज त्रिपाठीले स्वागत र सञ्चालन सचिव महादेव अधिकारीले गरेका थिए। कार्यक्रममा , स्थानीय जनप्रतिनिधि, सल्लाहकार , खेल प्रेमी, विभिन्न सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधि ,समाजसेवी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै