पोखरा । आगामि फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ अन्तरर्गत बिभिन्न स्थानामा सम्पर्क कार्यलय स्थापना गरिएको छ ।
आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा नागरिकसँग प्रत्यक्ष संवाद गर्न सहज बनाउने उद्देश्यले सम्पर्क कार्यालयहरू सञ्चालनमा ल्याइएको हो ।
जस अन्तरतर्ग पोखरा ८ आलुमाइला चोक र पोखरा–३३ मा सम्पर्क कार्यालय स्थापना गरि उद्घाटन गरिनुका साथै बिभिन्न ठाउँहरुमा सुझाव संकलन जारि रहेको रास्वपा कास्की–२ को सचिवालयले जनाएको छ ।
कार्यक्रममा उम्मेदवार उत्तम पौडेलले कास्की क्षेत्र नम्बर २ को समग्र विकासमा जनताको सहभागिता र उत्तरदायी नेतृत्वबाट मात्र सम्भव हुने बताउँदै कास्की–२ का मतदातासँग परिवर्तनका लागि साथ दिन आग्रह गरेका छन् । यसै बीच उम्मेदवार पौडेलले निरन्तर क्षेत्र नम्बर २ का जनता सगँ छलफल,अन्तरक्रिया र सुझाव संकलन गरिरहेका छन् ।
Related News
सम्बन्धित समाचार
पर्यटनमैत्री नीतिमा वैरागीको जोड ः एक्यापका कारण देखिएका समस्या नीतिगत रूपमै समाधान गरिने
पोखरामा फागुन १५ मा काँग्रेसको चुनावी सभा हुने, गगन र विश्वप्रकाश आउँदै
पोखरा १० मा मतदातासँग भेटघाट गर्दै तिलक रानाभाट
राजनीतिक भाषणमा मात्र सीमित नभई व्यवहारमै समाजसँग जोडिएर काम गर्छु: मनोज गुरुङ
भूमिहीन र अव्यवस्थित बसोबास समस्या समाधान गर्ने नीति ल्याउने मनोज गुरुङको वाचा