वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २६, २०८०
Wonderland

पोखरा, २६ चैत । पोखरा महानगरपालिका वडा नं ६ जरेवरस्थित वण्डरल्याण्ड डेकेयर तथा प्रि–स्कूल र पोखरा – १३ सिग्देलमार्ग स्थित सान्दीपन प्रि–स्कूलमा विविध कार्यक्रमसहित दीक्षान्त समारोह गरिएको छ ।

कार्यक्रममा युकेजी तह उत्तिर्ण गरेका विद्यार्थीहरुलाई दिक्षित गरिएको हो । कार्यक्रममा बालबालिकाका नृत्यसँगै विभिन्न विधामा उत्कृष्टलाई पुरस्कृत गरिएको थियो ।

वण्डरल्याण्डमा आयोजित कार्यक्रममा बोल्दै प्याब्सन कास्कीका पूर्व अध्यक्ष, शिक्षासेवी माधवशरण उपाध्यायले बालबालिकाको विषयमा सबै अभिभावकले गम्भिर रुपमा सोच्नुपर्ने उल्लेख गर्नुभयो ।

त्यसअवसरमा युवा नेता नवीन सिग्देल, अभिभावक भानु पराजुली, पूर्व अभिभावक दामोदर बराल, प्रिन्सिपल सिता पन्थी रेग्मी ,सल्लाहाकार युवराज रेग्मी लगायतले बोल्नुभएको थियो ।

विद्यालयका अध्यक्ष राजेन्द्रराज रेग्मी रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक मुक्तिराज रेग्मीले विद्यालयलाई बालमैत्री बनाइएको उल्लेख गर्नुभयो ।

उता सान्दीपन प्रि–स्कूलमा आयोजित कार्यक्रममा अध्यक्ष सपना पोख्रेल सिग्देलले बालबालिकाको मुख्य आवश्यकतालाई ध्यान दिएर विद्यालय संचालन गरिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विद्यालयका संस्थापक नवीन सिग्देल, शिक्षिकाहरु करिस्मा राना र टेका गुरुङले बोल्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives