पोखरा, २१ माघ । प्रहरीले पोखरामा जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ ।
पोखरा म.न.पा. वडा नं.१२ अमरसिंह प्रगतिनगर टोलमा डेरा गरी बस्ने नर बहादुर गुरुङको कोठामा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले २१२ पत्ती तास, नगद ६४ हजार आठ सय ९५ रुपैयाँ बरामद गरेको छ ।
पक्राउ पर्नेमा पोखरा म.न.पा. वडा नं.१२ प्रगतिनगर टोल बस्ने ६५ वर्षीय ेनर बहादुर गुरुङ, फुलवारी बस्ने ३७ वर्षीय बलराम थापा, गुठीटोल बस्ने ४४ वर्षीय भिम बहादुर मगर, लालिगँुरास टोल बस्ने ५३ वर्षिया कृष्ण कुमारी गुरुङ, हस्पिटल चोक ५२ वर्षीय सोम बुहादुर तामाङ, लालिगँुरास टोल बस्ने ४९ वर्षीय जस बहादुर गुरुङ र गोरखालाइन बस्ने ५० वर्षिया मीना गुरुङ रहुनुभएको छ ।
निजहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको ।
Related News
सम्बन्धित समाचार
राजनीतिको केन्द्र सँधै जनता हुनुपर्छ ः राष्ट्रपति
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
तामाङ साँस्कृतिक नृत्य प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम
घलेगाउँमा सिनेमा संवाद
अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्यलाई थप उपचारका लागि काठमाण्डौ लगियो