कतै वर्षा, कतै हिमपात

राष्ट्र न्यूज सम्वाददाता
फागुन २४, २०७९
rain

पोखरा, २४ फागुन । आज देशभर कतै वर्षा र कतै हिमपात भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

आज काठमाडौं, पाल्पा, कास्की लगायतका जिल्लाहरुमा हल्का वर्षा र कर्णाली प्रदेशको डोल्पा लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

महाशाखाका अनुसार, दिउँसो पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन ÷ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन ÷ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives