अभिनेता शाह रिहा

राष्ट्र न्यूज सम्वाददाता
फागुन १५, २०७९
Pal saha

पोखरा, १५ फागुन । अभिनेता पल शाह सोमबार रिहा हुनुभएको छ ।

उच्च अदालत पोखराले बालयौन दुरूपयोग मुद्दामा जेल पर्नुभएका अभिनेता पल शाहलाई सफाई दिएको हो । अभियोग दावी नपुगेको ठहरसहित उहाँलाई सफाई दिइएको हो ।

उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाई दिएको हो । उहाँ आज नै कारागारबाट छुट्नु भएको छ । उहाँ छुट्दा शुभेच्छुकको भिड लागेको थियो । रिहा लगत्ते उहाँले आफूलाई साथ दिने सबैलाई धन्यवाद भन्नुभएको छ ।

आफूलाई बलत्कार गरेको भन्दै १७ वर्षीया नाबालिकले २०७८ फागुन ११ गते तनहुँ प्रहरीमा जाहेरी दिनुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives