पोखरा, १० फागुन ।नेपाली काँग्रेस पोखरा महानगर समितिले आफूखुशी पोखरा महानगरपालिकाको प्रमुख पदमा उम्मेद्वारी घोषणा नगर्न अनुरोध गरेको छ ।
समितिका सचिवद्वय टुवराज बास्तोला विशाल र गणेश बहादुर थापाद्वारा हस्ताक्षरीत विज्ञप्तिमा स्थानीय तहको निर्वाचनमा केन्द्रीत बनेर सामाजिक सञ्जालमार्फत उम्मेद्वारी स्वघोषणा गर्ने र अरुलाई गर्न लगाउने क्रम बढेकोप्रति चिन्ता व्यक्त गर्दै त्यसो नगर्न अनुरोध गरिएको छ ।
पार्टीको विधान २०१७ तथा नवौं संशोधन २०७५ को व्यवस्था अनुसार सम्वन्धित समितिको सिफारिसमा केन्द्रीय कार्यसमितिले उम्मेद्वार टुङ्गो नलगाउदा सम्म कसैले पनि पार्टीको नामसँग जोडेर कुनै पनि पदमा उम्मेद्वारी घोषणा नगर्न अनुरोध गरिएको छ ।
Related News
सम्बन्धित समाचार
हेमजामा मादल बजाउने तालिम
स्व. लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग कोष
भविष्य निर्माण माविको बस संचालनका लागि अक्षयकोषमा सहयोग जुट्दै
एन प्याव्सनको बाल प्रतिभा पहिचान महोत्सव सकियो
कम्प्युटर र नेतृत्व विकास तालिम
Archives
Archives