दमक, २ पुस (रासस) । झापाको गौरीगञ्जका एक किसानको चार बिघामा फलाएको धान जलेर नष्ट भएको छ ।
गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीका राजन महतोले काटेर राखेको धानको थुप्रोमा गए राती आगलागी भएको हो । आगलागीबाट सम्पूर्ण धान जलेर नष्ट भएको छ ।
इलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रहरी टोली तथा स्थानीयवासी मिलेर आगो निभाएका प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी दिनुभयो ।
धान काटेर चुट्न राखेको थुप्रोमा आगलागी भएको हो । आगलागीबाट रु दुई लाख ५० हजारभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Related News
सम्बन्धित समाचार
हेमजामा मादल बजाउने तालिम
स्व. लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग कोष
भविष्य निर्माण माविको बस संचालनका लागि अक्षयकोषमा सहयोग जुट्दै
एन प्याव्सनको बाल प्रतिभा पहिचान महोत्सव सकियो
कम्प्युटर र नेतृत्व विकास तालिम
Archives
Archives