चितवन, १२ असोज (रासस) । जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ गरेको छ ।
कालिका नगरपालिका–५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो । देवकोटाका विरुद्धमा उजुरी परेपछि प्रहरीले पक्राउ परेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले आज जारी गरेको सूचनामा प्रहरीमा परेको उजुरी मिलाइदिन्छु भनी आज आठ जनासँग जनही रु तीन लाख माग गरेपछि उनीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।
भरतपुर महानगरपालिका–३ बस्ने ४१ वर्षीय राहुल गुप्ताले ठगी उद्योगमा जाहेरी दिनुभएको हो । सोपश्चात् देवकोटालाई पक्राउ गरिएको सूचनामा उल्लेख छ ।
सूचनामा भनिएको छ, “राहुल गुप्तासमेतका आठ जनाले झुटो विवरण पेश गरी नेपाली लिएको हुँदा निजलाई समेत कारबाही गरी पाऊँ भनी भारत घर भएका सतिशकुमारले यस कार्यालयमा जाहेरी पेश गरेकामा मुद्दा मिलाइदिन्छु भनी रकम माग गरेपछि पक्राउ गरिएको हो ।”
प्रहरीले देवकोटालाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ परिच्छेद–२१ को दफा २४९ ठगी गर्ने व्यक्तिलाई सात वर्षसम्म कैद र रु ७० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।
Related News
सम्बन्धित समाचार
पोखराका केहीस्थानमा टेलिफोन सेवा अवरुद्व हुने
नेशनल क्रियशनमा शैक्षिक पुरस्कार वितरण
पोखरा १४ का केही स्थानमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्व
रोजगारी उपलब्ध गराउन पोखरा १३ मा जब फेयर
डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे
Archives
Archives