भिरबाट लडेर वडा सदस्यको मृत्यु

रासस
असार ९, २०७८
1517213734dead-770×410

जाजरकोट, ९ असार (रासस) । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन भएको छ ।

भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उहाँ लडेर घाइते हुनुभएको थियो ।

घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives