हेम्जा बोर्डिङकी आयुष्नाले ल्याइन एसइईमा ४ जिपिए

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ३०, २०८३
696939341_1492365596007849_4827517667208122355_n

पोखरा । पोखरा–२५ हेमजा स्थित हेम्जा बोर्डिङ स्कुलकी छात्रा आयुष्ना परियारले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४.० जिपिए ल्याएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको २०८२ सालको नतिजाअनुसार परियारले उच्चतम सफलता हात पारेकी हुन्। विद्यालयबाट यस वर्षको परीक्षामा कुल ३९ जना विद्यार्थी सहभागी भएका थिए।

नतिजाको विवरणअनुसार विद्यालयका १० जना विद्यार्थीले ३.६ देखि ४.० सम्मको जिपिए, १६ जना विद्यार्थीले ३.२ देखि ३.६ सम्मको जिपिए र १२ जना विद्यार्थीको २.९ देखि ३.२ जिपिए आएको हेम्जा बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल केशव शरण पौडेलले जानकारी दिए ।

शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय प्रशासनको निरन्तर प्रयासले यो उपलब्धि सम्भव भएको संस्थापक प्रिन्सिपल केशव शरण पौडेलले बताए ।‘एसइईको रिजल्टले शिक्षाको गुणस्तर वृद्धि गर्न विद्यालयलाई थप ऊर्जा प्राप्त भएको छ’ पौडेलले भने, ‘उत्कृष्ट नतिजाका लागि सहयोग गर्ने सम्पूर्णप्रति विद्यालय परिवार आभार व्यक्त गर्दछ ।’

विद्यालयको सफलताप्रति खुसी व्यक्त गर्दै प्रिन्सिपल पौडेले उत्कृष्ट नतिजासहित उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै आगामी शैक्षिक यात्राको शुभकामना दिएका छन् । साथै, उत्कृष्ट नतिजाको लागि हरदम क्रियाशील शिक्षक, शिक्षिका तथा अभिभावकमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे । विद्यालयले अघिल्ला वर्षमा पनि एसइई परीक्षाको नतिजा उत्कृष्ट रहँदै आएको छ । विद्यालयका कक्षा नर्सरीदेखि कक्षा १० सम्म पठनपाठन हुँदै आएको छ ।

परीक्षामा देशभरबाट ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा सचिव चूडामणि पौडेलका अनुसार परीक्षामा दुई लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका र एक लाख ४६ हजार ५०७ परीक्षार्थी ननग्रेडेड भएका छन् ।

यस पटक एसइईमा दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्रले परीक्षाको फाराम भरेकामा चार लाख ३० हजार ६६७ जना परीक्षामा सहभागी भएका शिक्षा सचिव पौडेलले बताए ।

नतिजाअनुसार ४८ हजार ३९२ परीक्षार्थीले सबैभन्दा उच्च जिपिए अर्थात् तीन दशमलव ६० देखि चार ल्याएका छन् भने ८० हजार ३७२ जनाले तीन दशमलव २० देखि तीन दशमलव ६० जिपिए ल्याएका छन् ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै