हिमालय बचतद्धार वार्षिकोत्सवमा खुल्ला रक्तदान कार्यक्रम

राष्ट्र न्यूज सम्वाददाता
असाेज ५, २०८२
e81cc642-8409-464b-af40-55779405579c

पोखरा । हिमालय बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–२५ हेमजाले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको १३ औं वार्षिकोत्सवको अवसरमा आइतबार अयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४० जना रक्तदाताले रक्तदान गरेको संस्थाका उपाध्यक्ष चन्द्र प्रसाद सुवेदीले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरका प्रवक्ता एवम् पोखरा महानगर पालिका वडा नं. २५ का वड अध्यक्ष मोतिलाल तिम्सिनाले रक्तदानले रगत अभावलाई परिपूर्ति गर्ने बताए ।

हिमालय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मेघराज त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा कास्की बचत संघका सचिव मिनराज तिमिल्सिना, हेमजा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामचन्द्र त्रिपाठी, हिमालय बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार माधाव शरण पौडेल, शिक्षा समिति संयोजक दिपक त्रिपाठी, सचिव भरतराज अधिकारीले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै