यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

राष्ट्र न्यूज सम्वाददाता
जेठ २७, २०८२
dcefe7ec-ae3f-4f04-a78b-ed9cf6119e00

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति गर्न आज चर्चित धर्मगुरु कालिदास बाबा (कालिवाव) आगमन हुने भएको छ।

कोटिहोममा आज यज्ञको पूर्णाहुति गर्न कालिदास बाबा (कालिवाव) आउने महायज्ञ प्रचार प्रसार समितिका संयोजक लेखराज ढकालले जानकारी दिए ।

कोटीहोममा एक सय एक हवन कुण्डमा हवन भइरहेको छ जसको आज समापन हुदैछ । योसँगै कोटीहोममा सहभागी भएका चार सय बढी ब्राह्मणलाई पनि आज नै बिदाइ गरिनेछ । साथै व्रतबन्ध, चौरासी पूजासहित अन्य केही कर्म पनि आज नै समापन हुनेछ ।

गते महिना बैशाख १९ गते बिहान ६ बजेर ४५ मिनेटमा विधिवत् रूपमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेशे, ७ बजेर १९ मिनेटमा अग्निमा समिधा दान र ८ बजेर ५ मिनेटमा अग्नि कुण्डमा आहुति प्रदान गरी  सुरु भएको हवन कुण्डको आज पूर्णाहुति हुदैछ। हवन कुण्डमा ३÷३ जना ब्राह्मणले कोटी होममा दिन दिनै भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका छन् ।

कोटी होममा १०८ भागवत महापुराण पाठपरायण, ४ वेद पाठपरायण, सप्तचण्डी, अति रुद्री, मन्त्र जप लगायतमा ब्रामणले पाठ गरेका छन् ।
हवन कुण्डको मूल मण्डपमा महायज्ञका सङ्कल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीका बुबा मनिराम भण्डारी र आमा जानका भण्डारी रहेका छन् । भने अरु मण्डपमा ३÷३ जना ब्रामणले नृत्य हवन गरिरहेका छन् । आज नै कोटिहोम महायज्ञको विधिवत् पूर्णाहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिए ।

भागवत मञ्जरी दासीले कोटीहोममा जेठ १७ देखि श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । उनले जेठ ३१ सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिए । यसअघि जेठ २६ सम्म सञ्चालन हुने कोटीहोमको समयावधि थप गरेर ३१ गतेसम्म पु¥याइएको हो । 

पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१  गतेसम्म सञ्चालन हुनेछ ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै