पोखरा ३३ मा आमा समूह र विद्यालयसँग काँग्रेस

राष्ट्र न्यूज सम्वाददाता
माघ ४, २०८१
53644725-5882-4424-a942-f563d4ea2209

पोखरा । नेपाली काँग्रेसले पोखरा महानगरपालिका वडा नं ३३ को आप भज्याङ्मा शुक्रबार पार्टीको एक सय दिने विशेष अभियान संचालन गरेको छ। त्यस क्षेत्रमा रहेको लगनशील आमा समूह र कालिका माविमा पुगेर काँग्रेसले छलफल गरेको छ ।नागरिकका समस्या बुझ्ने, पार्टीबाट गरिएको अपेक्षा बारे जानकारी लिने र सार्वजनिक चासोका विषयमा विशेष प्राथमिकता दिएर अभियान संचालन भैरहेको नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।

अभियानका लागि पोखरा ३३ को प्रतिनिधि समेत रहेका सहसचिव सिग्देलले जनताको आशा, विश्वास, भरोसा र आवश्यकतालाई शिरमा राखेर अघि बढ्ने उल्लेख गरे

अभियानका क्रममा प्रतिनिधि नेपाली काँग्रेस कास्की क्षेत्र नं ३ क का सचिव प्रकाशचन्द्र सापकोटा र पोखरा महानगर पालिका वडा नं ३३ का सभापति तिलक अधिकारीले अभियान बारे जानकारी दिएका थिए ।

कार्यक्रममा आमा समूहकी अध्यक्ष लक्ष्मी श्रेष्ठ र विद्यालयका प्रधानाध्यापक रुपेन्द्र प्रभावीले विविध विषय बारे पार्टीको ध्यानाकर्षण गराएका थिए ।
अभियान अन्तर्गत पोखरा ३३ को तल्लो पुडीमा आइतबार कार्यक्रम गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै