छैठौ राष्ट्रपति रनिङ शिल्डको उपाधि ज्ञानज्योतिलाई

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ९, २०८१
1st Mahendra

पोखरा । माछापुच्छ्रे गाउँपालिकाको आयोजनमा भएको छैठौं राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि माछापुच्छ्रे –४,लाहाचोकको ज्ञानज्योति बोर्डिङ स्कुले हात पारेको छ । पालिकाका १२ वटा विद्यालय सम्मिलित प्रतियोगितामा ५ स्वर्ण २ रजत र १ कास्य सहित उपाधि चुमेको हो । रनिङ शिल्डसंगै विद्यालयले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ।
यता ५ स्वर्ण १ रजत र ३ कास्या प्राप्त गरि माछापुच्छ्रे मा.वि दोस्रो भएको छ । बराह मा.विले ४ स्वर्ण ७ रजत २ कास्याका साथ तेस्रो स्थान प्राप्त गरेको छ । दास्रो र तेस्रो हुने विद्यालयले क्रमशः १० हजार , ७ हजार ५ सय रुपया,साथमा ट्रफी पुरस्कार प्राप्त गरेका छन्।
उक्त प्रतियोगितामा अन्तर मा.वि भलिबल छात्रा÷छात्र ,कबड्डी छात्रा÷छात्र ,एथलेटिक्स दौड ट्रयाक १००, २००, ४००, ८००, १५०० र ३००० मि. साथै छात्रा÷छत्रा ४ १०० मि.रिले, ४×४०० मि.रिले, छात्रा÷छत्रा, हाइजम, लङजम्प , ट्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट, मार्चपास लगाएतका खेलहरु सम्पन्न गरेको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समिति सदस्य सचिव हुम बहादुर गुरुङले बताउनुभयो ।
स्वास्थयका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ यही मंसिर ६ गते देखि ८ गते सम्म मेहेन्द्र माध्यमिक विद्यालयको खेलमैदान लाहाचोकमा भएको थियो ।
सरकारले विद्यालयको खेलकुद प्रतिभाको खोजि गर्दै सम्बर्धन र प्रवधन गर्ने लक्ष्य सहित देशको संघिय संरचना अनुसार स्थानीय, प्रदेश र सघस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ ।
गाउँपालिका अध्यक्ष मिन बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षा यूवा तथा खेलकुद शाखा प्राविधिक साहायक विष्णु प्रसाद अधिकारीले गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै