पोखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य गणेश गुरुङले खेलका माध्यमबाट स्वास्थ्थ,सुखी र समृद्ध बन्न सक्ने, बताउँदै खेलको माध्यमबाट व्यक्ति, समाज र राष्ट्रलाई चिनाउन सकिने हुदा खेलकुलाई हरेक क्षेत्रले प्राथामिकतामा राख्नु पर्ने उल्लेख गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले खेलक्षेत्रमा गुणात्मक प्रगति गर्नको लागि गाउँपालिकाले आगामि दिनमा अझै रचनात्मक कार्यक्रमलाई अगाडि बढाउने विश्वस ब्यक्त गर्नुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपिकृष्ण अर्यालले संघीय सरकार बाट सहयोग नरहेता पनि खेलकुदलाई प्राथामिकतामा राखेर पालिकाको आर्थिक लगानिमा खेललाई निरन्तरता दिएको बताउनुभयो ।
वडा न. २ का अध्यक्ष एवं प्रवत्ता गणेश आर्चायले राष्ट्रिय नेतृत्वमा रहेका नेताहरुको विभिन्न भ्रष्टचारका समाचारहरु आउदा यस्ता खेलकुदका माध्यम साथै अन्य क्षेत्रमा भविष्य खेजिरहेका यूवाहरुमा निरशा छाएको बताउनु भयो ।
वडा न. ९ का अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक हरि बहादुर क्षेत्रिले खेल मर्यादित, अनुशासित र लगनशिल भएर खेल्न खेलाडीहरु आग्रह गर्नभयो ।
आइतवार भएको खेलमा मार्च पास तर्फ प्रथम सागर मेमोरियल बोडिङ स्कुल, द्धितिय शुक्ला गण्डकी मा.वि र तृतीय सारदा मा.वि भएको छ ।
पुरुष १५०० मि. दौडमा प्रथम माछापुच्छ्रे मा.विका अनुप नेपाली ,द्धितीय निश्पक्ष मा.विका नविन वि.क , उदय मा.विका कुशल नेपाली तृतीय भए । महिला १५०० दौडमा प्रथम बराह मा.वि कि पुर्णिमा नेपाली, द्धितीय उदय मा.वि कि सरस्वती भण्डारी र महेन्द्र मा.वि कि सम्झना अधिकारी तृतीय भए ।
पुरुष ४०० मि. दौडमा प्रथम शुक्लागण्डकी मा.विका पृतम परियार , द्धितीय बराह मा.विका रोहित परियार र महेन्द्र मा.विका अरुण परियार तृतीय भए । महिला ४०० मि.दौड तर्फ प्रथम पृथ्वीनारायण मा.वि की विनिता वि.क, द्धितीय बराह मा.वि की विपना अधिकारी र शुक्लागण्डकी मा.वि की दिपिशा पोखरेल तृतीय भए ।
पुरुष १०० मि. दौडमा ज्ञानज्योति बोर्डिङ स्कुलका एलन शाही प्रथम, पृथ्वीनारायण मा.विका आविष्कार वि.क द्धितीय र शुक्लागण्डकी मा.विका अद्धितिय भारति तृतीय भएका छन् । महिला १०० दौड तर्फ सागर मोमोरियल बोर्डिङ स्कुल की सन्ध्या लम्साल प्रथम, शुक्लागण्डकी मा.वि की प्रतिज्ञा पोखरेल द्धितीय र निश्पक्ष मा.वि काी एलिना लामिछाने तृतीय भएकी हुन ।
लगंजम्प महिला तर्फ महेन्द्र मा.वि की कुशुम नेपाली प्रथम ,शुक्लागण्डकी मा.वि की प्रतिक्षा पोख्रेल द्धितीय र निश्पक्ष मा.वि की एलिना लामिछाने तृतीय भईन।
नृत्य तर्फ प्रथम सागर मेमोरियल बोडिङ स्कुल, द्धितीय उदय मावि र तृतीय बराह मा.वि भएको छ । कार्यक्रमको संचालन शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख सम्झना पोखरेलले गर्नभयो ।
मंसिर ६ गते देखि ८ गते सम्म लाहाचोक महेन्द्र मा.विको खेल मैदान मा सञ्चालन भएको रनिङ शिल्ड प्रगियोगितामा पालिका भित्रका १२ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ ।
Related News
सम्बन्धित समाचार
१४ औ नेशनल प्याव्सन खेलकुद महोत्सवमा फुटबल खेल शुरु
एन प्याव्सनको खेलकुद महोत्सवमा प्रदान गरिने रनिङ शिल्डको अनावरण
१४ औं नेशनल प्याब्सन खेलकुद महोत्सव तयारी, करिव ८५ सय विद्यार्थी प्रतियोगितामा सहभागि हुदै
छैठौ राष्ट्रपति रनिङ शिल्डको उपाधि ज्ञानज्योतिलाई
बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक वितरण
Archives
Archives