रोजगारी उपलब्ध गराउन पोखरा १३ मा जब फेयर

राष्ट्र न्यूज सम्वाददाता
फागुन १८, २०८०
Fair

पोखरा, १८ फागुन । पोखरा १३ मा जब फेयर सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ कार्यालयको आयोजनामा उक्त फेयर भएको हो । फेयरमा करिब दुई हजारले अवलोकन गरेको वडाले जनाएको छ ।

स्थानीयलाई रोजगारी उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको फेयर माछापुच्छ«े बैंकका अध्यक्ष रोशन केसीले उद्घाटन गर्नुभयो । उहाँले जब फेयर कार्यक्रम राखेर वडाले सह्रानीय काम गरेको उल्लेख गर्नुभयो । पछिल्लो समय युवाहरु १२ पढ्ने बित्तिकै विदेश जाने गरेको र देशमा आवश्यक दक्ष जनशक्ति हराउँदै गएको उहाँले उल्लेख गर्नुभयो ।

वडाध्यक्ष किरण बरालले वडामा रहेका कोहिपनि युवाहरु बेरोजगार नहुन् भन्दै जब फेयरको अवधारणालाई अगाडि सारेको बताउनुभयो । जब फेयरमा विभिन्न १२ वटा स्टल राखिएको थियो । जसमा विद्यार्थी देखि स्थानीयले अवलोकन गर्नुभएको थियो ।

जब फेयरमा इन्फोम्याटिक्स कलेजका विद्यार्थीले आफुले तयार पारेको सामाग्री प्रदर्शन गर्नुभयो । वडामा नै उत्पादन गरिएको उत्पादित वस्तुहरुलाई प्रदर्शन गरिएको थियो । जब सेन्टरबाट आवश्यकता अनुसारको जबका लागि परामर्श दिइएको थियो ।

वडाध्यक्ष बरालले आगामी समय पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने बताउनुभयो । वडाको भौतिक विकास सँगै सामाजिक, आर्थिक, नैतिक र शैक्षिक विकासमा समेत ध्यान दिइएको उहाँले उल्लेख गर्नुभयो ।

वडाका वडासदस्य सरिफ अलिमियाँले स्वागत गरेको कार्यक्रम वडाका सचिव अञ्जु गुरुङले संचालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives