पोखरा, १५ फागुन । महिला सञ्जाल पोखरा २५ को आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा पोखरा २५ हेमजामा १० दिने मादल बजाउने तालिम सुरु भएको छ ।
पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा नं २५ का अध्यक्ष मोतीलाल तिमिल्सिनाले महिला सञ्जालले राम्रो काम गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तरताको अपेक्षा गर्नुभयो ।
मादलले गाउँघर बिउँझाउने गरेको उल्लेख गर्दै मादल जनुसुकै बाजामा पनि चाहिने बताउनुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं वडा न। २५ का सदस्य धन कुमारी पोखरेल तिमिल्सिना, नेकपा एमाले पोखरा २५ का अध्यक्ष ऋषिराम पौडेल, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा २५ का अध्यक्ष दानबहादुर भुजेल र महिला सञ्जाल पोखरा २५ हेमजाका निवर्तमान अध्यक्ष रमा त्रिपाठी लगायतले बोल्नुभएको थियो ।
तालिममा प्रशिक्षक सम्बर बहादुर गायक सहजिकरण गर्नुहुने छ । तालिममा हेमजामा रहेका आमा समूहका प्रतिनिधिको सहभागिता रहने छ ।
महिला सञ्जालका अध्यक्ष अप्सरा तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रीता त्रिपाठीले र सञ्चालन सचिव उमा भुर्तेल पौडेलले गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
लेखनाथ महोत्सवमा २ लाख ४५ हजार दर्शकले अवलोकन ८ करोडको करोवार
होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउदै
RTP Live Slots Gacor: Apa Itu dan Mengapa Penting Buat Slotter?
कवि शिरोमणि लेखनाथ पौड्यालको जन्न्मस्थान नजिकै युनाईटेड आवासिय छात्रावास बन्ने
सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारको जोड– प्रदेश प्रमुख भट्ट
Archives
Archives