पोखरा,६फागुन। डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन नेपाल गण्डकी प्रदेश समितिको अधिवेशनले शम्भुराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको सह–संयोजकमा रविनसन अधिकारी, सचिवमा सञ्जिव बास्तोला, कोषाध्यक्षमा शशी अधिकारी रहनुभएको छ । सदस्यहरुमा डा अर्जुन आचार्य , श्याम प्रसाद पौडेल , विपिन अधिकारी हुनुहुन्छ ।
संस्थामा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा क्रियाशील कृषि विज्ञहरुलाई गोलबद्ध गरिने छ ।
समितिले कृषिक्षेत्रको समग्र विकासको माध्यमबाट गरिबी निवारण, खाद्य तथा पोषण सुरक्षा, स्वरोजगार प्रवद्र्वन गरी दिगो विकास र आर्थिक समृद्धिका लागि नीति निर्माण तथा कार्यान्वयन तहमा सहयोग गर्ने बताइएको छ ।
Related News
सम्बन्धित समाचार
कास्कीको मादी गाँउपालिकामा नागीधार महोत्सव शुरु
पोखरा ३३ मा आमा समूह र विद्यालयसँग काँग्रेस
पोखरा महोत्सवमा बद्रीले नचाए दर्शक
सकियो २० औँ लेखनाथ महोत्सव
राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट बनौं – राष्ट्रपति
Archives
Archives