भविष्य निर्माण माविको बस संचालनका लागि अक्षयकोषमा सहयोग जुट्दै

राष्ट्र न्यूज सम्वाददाता
माघ २८, २०८०
bus school

गण्डकी, २८ माघ । पोखरा महानगरपालिका वडा नं. २१ कृष्तिमा सञ्चालित भविष्य निर्माण माविले बस सञ्चालन गर्न अक्षयकोष स्थापना गरेको छ ।

विद्यार्थीको सुविधाका लागि बस सञ्चालन गर्न स्थापना गरेको अक्षयकोषमा हालसम्म ५४ लाख भन्दा बढी संकलन भई सकेको छ ।
एक करोड रुपैया संकलन गरि त्यसैको व्याजबाट वस सेवा सञ्चालन गर्ने लक्ष्यका साथ शुरु गरिएको कोषमा रोजगारीका लागि विदेशमा रहेका यस क्षेत्रका युवा एवम् विभिन्न पेशा व्यवसायमा आवद्ध स्थानीय सामाजिक व्यक्तित्वबाट स्वस्फुर्त रकम संकलन भएको अक्षयकोष बृद्धि समिति संयोजक झपिन्द्र राज रेग्मीले जानकारी दिनुभयो ।

विद्यार्थी सुविधाका लागि अहिले भाडामा वस सञ्चालन हुँदै आएको छ । निकट भविष्यमा विद्यालयले आप्mनै बस सञ्चालन गर्ने बताउँदै उहाँले समाजका विपन्न एवम् असहाय वर्गको शिक्षा आजर्नको थलो बनेको यस विद्यालयको अक्षयकोषमा सक्दो सहयोग गरेर पुण्य कार्यमा सहभागि बन्न सबैमा अनुरोध गर्नुभयो ।

अक्षयकोषमा यसअघि ३४ लाख रुपैया संकलन भएको थियो, कोष बृद्धिका लागि यस वर्षको अभियानबाट २० लाख चार हजार ८५३ रुपैया थप भएको बताउँदै उहाँले पाँच लाखदेखि ५१ हजारसम्म सहयोग गर्ने २२ जना सहयोगदाताबाट सो रकम प्राप्त भएको बताउनुभयो ।

विद्यार्थी सुविधाका लागि अहिले एउटा बस सञ्चालन हुँदै आएको छ, निकट भविष्यमा अर्को थप गर्ने सोच रहेको बताउँदै उहाँले समाजका विपन्न एवम् असहाय वर्गको शिक्षा आजर्नको थलोको रुपमा विकसीत यस विद्यालयको अक्षयकोष बृद्धिका लागि सक्दो सहयोग गर्न सबैमा अनुरोध गर्नुभयो ।

बसाई सराईको कारण गाउँ रित्तिदै जानु र निजी विद्यालयका बस घरघर पुग्ने गरेको कारण विद्यार्थीको अभाव भएपछि विद्यालयले एक बर्षदेखि भाडामा लिएर एउटा बस सञ्चालन गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल भुजेलले जानकारी दिनुभयो ।

पोखराको दक्षिणी भेगमा अवस्थित सो विद्यालयसम्म आउनका लागि पक्कि बाटोको पहँुच पुगेको छ उहाँले थप्नुभयो, यतिखेर बक्रेक, निर्मलपोखरी र वयली लगायतका क्षेत्रमा विद्यार्थीलाई विहान र बेलुका बस सुविधा पुगेको छ ।

आफुले पढन नपाएपनि भावि सन्तत्ति शिक्षाको उज्यालो घामबाट बञ्चित नहुन भनि पुर्खाले २००९ सालमा गाँस काटेर स्थापना गरि सञ्चालन गरेको विद्यालयलाई दिगोरुप दिनका लागि शुरु गरेको अक्षयकोष बृद्धि कार्यक्रममा शिक्षाप्रेमीबाट भएको सहयोगले उत्साह थपेको उहाँको भनाई छ ।

“गुणस्तरीय शिक्षामा जोड दिंदंै बस सेवा शुरु भएपछि विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढेको छ” उहाँले भन्नुभयो, “व्यवस्थापन विषयमा दशजोड दुईको पढाई भई रहेको विद्यालयमा हाल ४५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।”
विभिन्न चारवटा पक्कि भवनमा २४ कोठा रहेका छन्, कक्षा दशसम्म अग्रेजी माध्यममा पढाई भईरहेको बताउँदै उहाँले भन्नुभयो, चालु आर्थिक वर्षमा भारतीय राजदुतावासबाट एउटा बस प्राप्त गर्ने सहमति भैसकेको छ ।

प्रत्येक कक्षाकोठामा निगरानीको लागि सिसि क्यामेरा सहित प्रोजेक्टर सहित अत्याधुनिक कम्प्युटर ल्यावको समेत व्यवस्था गरिएको बताउँदै अध्यक्ष भुजेलले भन्नुभयो, विद्यालयमा हाल पठनपाठनमा आईसिटी प्रविधि अपनाइएको छ । विद्यालयमा अध्ययापनमा २१ जना शिक्षक शिक्षिका र तीन जना कर्मचारी कार्यरत छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives