कास्कीमा सात पत्रकार सम्मानित

राष्ट्र न्यूज सम्वाददाता
माघ १२, २०८०
Puraskar

पोखरा, १२ माघ । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा सात पत्रकार सम्मानित हुनुभएको छ ।

शुक्रबार महासंघको सभाहलमा भएको कार्यक्रममा पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, टंकराज अधिकारी, दिनानाथ बराल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट सम्मानित हुनुभयो ।

गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने (कान्तिपूर), २०८० बाट ओम हमाल (जनसंचार) सम्मानित हुनुभएको छ । यो पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको छ ।

आर्थिक पत्रकारिता पुरस्कार २०७८ बाट टंकराज अधिकारी (नेपाल समाचारपत्र) सम्मानित हुनुभयो । उहाँसंगै दिनानाथ बराल (कारोबार दैनिक) लाई आर्थिक पत्रकारिता पुरस्कार २०७९ बाट सम्मान गरिएको हो । यो पुरस्कारको राशी नगद २० हजार रुपैयाँ रहेको छ ।

टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ बाट सन्देश श्रेष्ठ (नागरिक र एभरेष्ट एफएम ) र २०८० प्रकाश ढकाल (आदर्श समाज) सम्मानित हुनुभयो । यो पुरस्कारको राशी २० हजार १ सय ११ रुपैयाँ रहेको छ ।

यस्तै २० हजार ५ सय ५५ रुपैयाँ राशीको जगन्नाथ सिग्देश युवा प्रोत्साहन पुरस्कार २०८० बाट कृपा भण्डारी (समय समाचार डट कम) पुरस्कृत हुनुभयो ।

पुरस्कृत सबै प्रतिभाहरुलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, पुरस्कारका संस्थापकहरुले दोसल्ला र सम्मानपत्र सहित सम्मान गनुभयो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशको मिडिया विधेयक मिडियामैत्री नै आउने बताउनुभयो । उहाँले अबको हिउँदे अधिवेशनमा विधेयक पास हुने उल्लेख गर्नुभयो ।

पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले पत्रकारिता क्षेत्रको श्रीवृद्धिका लागि महासंघ क्रियाशील रहेको बताउनुभयो ।

सम्मानितहरुको तर्फबाट बोल्दै कुलचन्द्र न्यौपानेले पत्रकार महासंघ कास्कीले आफू सहित ७ जना पत्रकारलाई सम्मान गर्दा पत्रकारिता क्षेत्रमा अझै क्रियाशील भएर लाग्न प्रेरित गरेको बताउनुभयो ।

सम्मानित भएका व्यक्तिहरुको विषयमा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले सम्मानित सबै पत्रकारको परिचय प्रस्तुत गर्नुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमल्सिना पंगेनी लगायतले बोलेको कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले र सचिव माधव बरालले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives