सेती नदीमा मिश्रको शव भेटियो

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २८, २०८०
1517213734dead-770×410

पोखरा, २८ मंसिर । मंसिर २५ गतेदेखि हराइरहेका एक युवकको आज शव भेटिएको छ ।

तनहुँ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं १६ लामाचौर बस्ने १९ वर्षीय संगम मिश्रको शव भेटिएको हो ।
पोखरा ३ नदिपुर स्थित सेती नदीको बिचमा ढुङ्गामा अड्किएको अवस्थामा शव फेला परेको थियो ।

मंसिर २५ गते ज्वरो सम्वन्धि बिरामी भई उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा पुगेपछि उहाँ एक्कासी हराउनुभएको थियो ।

हराए लगत्तै प्रहरीले खोजतलास गर्दा मणिपाल अस्पतालबाट नदिपुर तर्फ आउने झोलुङ्गे पुलको बिचमा मिश्रले लगाएको कपडा, कार्ड समेत फेला परेको र खोजतलासको लागि आज पोखरा १६ दिपको ड्याम समेत खोली खोजतलास गर्ने क्रममा शव भेटिएको हो ।

पोष्टमार्टमको लागि शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको र थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives