पोखरामा विश्व एड्स दिवस मनाइयो

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १६, २०८०
AIDS day

पोखरा, १६ मंसिर । ३६ औँ विश्व एड्स दिवस “समुदायको नेतृत्वमा एड्स अन्त्य गरौँ” भन्ने मुल नाराका साथ विविध कार्यक्रम गरी पोखरामा मनाइएको छ ।

स्वास्थ्य क्षेत्रमा क्रियाशिल सरकारी तथा गैर सरकारी संस्थाले सामूहिक रुपमा कार्यक्रम गरी दिवस मनाइएको हो ।

पोखरा वसपार्कमा आयोजित कार्यक्रममा बोल्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा। भरत वहादुर खत्रीले एड्सलाई सामान्य रोग सरहनै लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख मनमोहन मिश्र, नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देल, राष्टिय एचआईभी एड्स महासंघ केन्द्रीय सदस्य मनोज गुरुङ, पश्चिमाञ्चल एड्स सञ्चालका अध्यक्ष विश्व मोहन गौचनले बोल्नुभएको थियो ।

साथै कार्यक्रममा एचआईभीका क्षेत्रमा कार्यगरी योगदान पुर्याएको भन्दै राष्टि«य एचआईभी एड्स महासंघ केन्द्रीय सदस्य मनोज गुरुङ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, उपचार केन्द्रका इन्चार्ज कल्पना कुमारी आचार्य गौतमलाई सम्मान गरिएको थियो ।

यस कार्यक्रमका साथसाथै विश्व एड्स दिवसको अवसरमा स्वास्थ्य निर्देशनालय लगायत अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुको सहकार्यमा एड्स विरुद्ध जनचेतनामूलक कार्यक्रम, मैनवत्ति प्रज्वलन कार्यक्रम, क्लिनिक संचालन, एचआईभी संक्रमित वालवालिकाका लागि न्यानो कपडा वितरण, साइकल र्याली जस्ता कार्यक्रमहरु समेत संचालन गरिएको थियो ।

गण्डकी स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक हेमन्त शर्मा पौडेलको अध्यक्षयतामा भएको कार्यक्रमको संचालन स्वास्थ्य निर्देशनालयका न्युनतम सेवा मापदण्ड कार्यान्वयन अधिकृत उर्मिला बरालले गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives