कानुन व्यवसायी बाँस्तोला अभियनयमा

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ७, २०८०
final sattari (1)

पोखरा, ७ मंसिर । अधिवक्ता गोविन्द बास्तोलाको लय शब्द रहेको ‘सत्तरी काटेका’े बोलको गीत सार्वजनिक भएको छ ।

झण्डै एक दशक देखि कानुन व्यवसाय गर्दै आउनुभएका अधिवक्ता बाँस्तोलाको आफ्नै अफिसिएल युटुब च्यानल एव वि द जेन्टल मार्फत् गीत भिडियोसहित सार्वजनिक भएको हो ।

सधैँ जसो कालो कोटमा अदालत परिसरमा देखिने बाँस्तोलालाई यस म्युजिक भिडियोमा भने सेतो धोती लगाई नदीतिरमा ध्यान मग्न अवस्थामा रहेको देख्न सकिन्छ ।

यस गीतको शब्द तथा लय बाँस्तोलाको नै हो भने स्वरमा सुन्जिता देवकोटाले साथ दिनुभएको छ ।

कलाकार वर्षु बाँस्तोला, बालकृष्ण देवकोटा र बाल कलाकारमा अदिना बाँस्तोला रहेको भिडियोको छायांकान सुवास सुवेदीले गर्नुभएको हो भने दृष्य सम्पादन रोहन नेपालीको छ ।

गीतमा ७० वर्ष काटेका विदुर र युवतीको प्रेम सम्वध देखाउनुका साथै योग साधना व्यायाम तथा खेलले मानिसलाई जवान गराउने सन्देश दिन खोजिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives