पोखरा, २७ कात्तिक । लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीले तनहुँको घिरिङका गीता श्रेष्ठको घर निर्माणका लागि जस्तापाता हस्तान्तरण गरेको छ ।
घिरिङ गाउँपालिका वडा नम्बर ३ अर्चलकोटकी गीता श्रेष्ठको घरको छानो जीर्ण भएपछि घरको छानो पुर्ननिर्माणका लागि जस्तापाता हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा जोन चियर पर्सन लायन जयराम आचार्यले क्लबले सामाजिक काम अन्तर्गत जस्तापाता हस्तान्तरण गरेकोमा धन्यवाद ब्यक्त गर्दै लायन्स क्लबहरुले गर्ने सानो सहयोगले कोही कसैलाई टेवा पुग्ने बताउनुभयो ।
त्यस्तै घरधनी गीता श्रेष्ठले क्लबको सहयोग आफ्ना लागि ठूलो गुण भएको उल्लेख गर्नुभयो । लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीका अध्यक्ष एक नारायण गौतमले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताउनुभयो ।
क्लबका पूर्व अध्यक्ष तथा डिष्ट्रिक जीएसटी कोअर्डिनेटर राजु श्रेष्ठको संयोजकत्वमा कार्यक्रम भएको हो ।
Related News
सम्बन्धित समाचार
कम्प्युटर र नेतृत्व विकास तालिम
नमूना टोलमा सडक बत्ति
डागर स्मृति पुरस्कार युवा वैज्ञानिक मनिषालाई
स्थापना दिवसमा कर्मचारी युनियनद्वारा मानवसेवा आश्रममा सहयोग
‘कास्कीलाई विकासमा नमुना बनाऔ’