नमूना टोलमा सडक बत्ति

राष्ट्र न्यूज सम्वाददाता
असाेज २९, २०८०
tole news photo

पोखरा, २९ पोखरा । १७ बिरौटा स्थित सिदार्थ राजमार्ग स्थित नमूना टोल विकास सस्थाले सडकमा बत्ति बालेर नमूना काम गरेको छ ।

टोल विकास संस्थाको पहलमा सिद्धार्थ राजमार्गका सडक किनार र भित्री टोलमा बत्ति जडान गरेपछि साँझ राती सर्वसाधारण टोलवासी ढुक्कसँग हिड्न पाउनुभएको छ ।

युवा ब्यबसायी सुर्य बराललगाएत टोलवासीको प्रेरणाले टोल उज्यालो बनाउन सम्भब भएको टोल विकास संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक श्रीबहादुर रानाभाटले बताउनुभयो ।

टोल विकास संस्थाका अध्यक्ष झम्कनाथ पौडेलले टोलवासीको आर्थिक सहयोगमा उज्यालो र हराभरा टोल बनाउन सकिएको बताउनुभयो । करिब २ कि.मी क्षेत्रफलको टोलमा २ लाख खर्च भएको उहाँले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार