पोखरा म्याराथनको सह–प्रायोजकमा कृषि विकास बैंक

राष्ट्र न्यूज सम्वाददाता
असाेज १९, २०८०
Photo of ADBL

पोखरा, १९ असोज । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सह–प्रायोजकको रुपमा कृषि विकास बैंक लिमिटेडले सहयोग गर्ने भएको छ ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आगामी फागुन ५ गते शनिबार आयोजना हुने १८ औं संस्करणको म्याराथनमा कृषि विकास बैंक सह–प्रायोजकको रुपमा रहने भएको हो ।

“सम्पूर्ण बैकिङ्ग सुविधासहितको तपाँई हाम्रो घर आङ्गनको बैंक” भन्ने मुल नारा लिएर अघि बढेको कृषि विकास बैंक सह–प्रायोजकको रुपमा रहने भए संगै नगद रु ५ लाख सहयोग गर्ने भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताउनुभयो ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु भए संगै अन्तर्राष्ट्रिय धावकहरुले आफ्नो नाम अनलाइनमार्फत दर्ता गर्ने प्रकिया समेत सुरु भएको जानकारी दिंदै अध्यक्ष पराजुलीले १८ औं संस्करणको पोखरा म्याराथनलाई नेपाल रन युकेको सहयोगमा पूर्णरुपमा प्रविधि मैत्री बनाउनेतर्फ अघि बढेको बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives