स्थापना दिवसमा कर्मचारी युनियनद्वारा मानवसेवा आश्रममा सहयोग

राष्ट्र न्यूज सम्वाददाता
भाद्र २०, २०८०
nijamati

पोखरा, २० भदौं । नेपाल निजामति कर्मचारी युनियनन कास्कीले युनियनको स्थापना दिवसको अवसरमा फलफूल तथा खाधान्य वितरण गरेको छ ।

युनियनले पोखरा २५ हेमजा रहेको मानव सेवा आश्रममा फलफूल तथा खाधान्य सामाग्री वितरण गरेको हो । कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सदस्य प्रकाश बराल, नेपाल निजामति कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेश कुमार श्रेष्ठ, कार्यक्रम संयोजक लक्ष्मी भद्र वाग्ले, सचिव सुमन शमा, निवर्तमान अध्यक्ष डार्विन लम्साल लगायतले मानवसेवा आश्रम हेमजाकी कार्यालय सचिव सञ्जु मोक्तानलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका प्रदेश सदस्य प्रकाश बरालले सकारात्मक र समर्पित सोचका साथ युनियनले काम गरेको बताउनुभयो ।

नेपाली काँग्रेस कास्कीका सहसचिव नवीन सिग्दलेलले जनसेवासँगै मानव सेवामा जोडिने काम गरेकोमा प्रशंशा व्यक्त गर्नुभयो ।

मानवसेवा आश्रम हेमजाकी कार्यलय सचिव सञ्जु मोक्तानले सवैको सहयोगबाट नै आश्रम सञ्चालन भएको बताउदै युनियनले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्नुभयो ।

नेपाल निजामति कर्मचारी युनियनको संयोजनमा निजामति सेवा दिवसको अवसरमा भदौ २२ गते विहान खुल्ला रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर र दिउँसो तिजको अवसरमा शुभकामना आदान प्रदान तथा दर खुवाउने कार्यक्रम गर्ने अध्यक्ष सुरेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल निजामति कर्मचारी युननियन कास्कीका अध्यक्ष सुरेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रम संयोजक लक्ष्मी भद्र वाग्लेले स्वागत र सहसचिव जीवननाथ शर्मा मरासिनिले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives