‘कास्कीलाई विकासमा नमुना बनाऔ’

राष्ट्र न्यूज सम्वाददाता
भाद्र १३, २०८०
Kaski

पोखरा, १३ भदौ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीलाई विकासमा नमुना बनाउने गरी काम गर्न कास्कीका स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ ।

जिल्ला समन्वय समिति कास्कीले स्थानीय तहका जनप्रतिनिधि वडा सदस्यहरूको लागि आयोजना गरेको क्षमता अभिवृद्वि तालिमको समापनको अबसरमा बोल्दै त्यस्तो आग्रह गर्नुभएको हो ।

पौडेलले विकासका काम युग सुहाउँदो, समय सापेक्ष र प्रभावकारी हुन नसकेको गुनासो सुन्न नपरोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको उल्लेख गर्नुभयो।

जिल्ला समन्वय अधिकारी नवराज बरालले निरन्तर क्षमता बढाउन जरूरी रहेको भन्दै सम्वृद्व कास्की बनाउन प्रभाबकारी जनप्रतिनिधिहरू तयार गर्न तालिम फलदायी भएको उल्लेख गर्नुभयो ।

जिल्ला समन्वय समिति कास्कीले मंगलबार कास्कीका चार वटा गाउँपालिका र बुधबार पोखरा महानगर अन्तर्गतका वडा सदस्यहरूका लागि तालिम आयोजना गरेको थियो ।

कार्यक्रममा विकासका योजना छनोट ,प्रक्रिया र विधि, स्थानीय सरकार संचालनमा वडा सदस्यको भुमिका, विद्यमान ऐन कानून लगायतका विषयमा प्रशिक्षण दिइएको सूचना अधिकारी झविश्वर रेग्मीले जानकारी दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे, जिल्ला समन्वय अधिकारी नवराज बराल, शाखा अधिकृत झविश्वर रेग्मीलगायतले सहजिकरण गर्नुभएको थियो।

Related News

सम्बन्धित समाचार

Archives

Archives