Exif_JPEG_420
हेमजा, ७ भदौ । पोखरा महानगरपालिका वडा न. २५ को वडा भित्र रहेका शैक्षिक संस्थामा शिक्षाको गुणस्तर बढाउन अन्तरक्रिया गरिएको छ ।
शैक्षिक संस्थामा शिक्षाको गुणस्तर बढाउन वडा तथा महानगरले गर्नुपर्ने क्रियाकलाप बारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले बताउनुभयो ।
उहाँले वडा बाट समाधान गर्न मिल्ने समस्यालाई तत्काल सम्बोधन गर्ने र अन्य विषयगत समस्या अनुरुप सम्बन्धित निकायमा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख भिम प्रसाद आचार्यले शिक्षाका लागि आउने आर्थिक गतिविधि बारे जानकारी दिदै शिक्षामा सन्तोष लिन नहुने बताउनुभयो ।आगामी दिनमा शिक्षा समितिले अनुगमन गर्ने बताउदै शिक्षामा प्रबिधिको प्रयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा सचिव सुबोध खनालले गत बर्ष वडामा भएका उपलब्धिको जानकारी गराउनु भएको थियो ।
सहभागीले सामुदायिक र संस्थागत विद्यालय एउटै पात्रोमा चल्नुपर्ने उल्लेख गर्दै सामुदायिक बिद्यालयमा धेरै बिदा भएको गुनासो गर्नुभयो । बाल शिक्षालाई लगानी गर्नुपर्ने बताउदै सामुदायिक बिद्यालयमा भौतिक अभाव रहेको गुनासो छ ।
वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुचना अधिकृत ईश्वरीप्रसाद बाँस्तोलाले गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
डागर स्मृति पुरस्कार युवा वैज्ञानिक मनिषालाई
स्थापना दिवसमा कर्मचारी युनियनद्वारा मानवसेवा आश्रममा सहयोग
‘कास्कीलाई विकासमा नमुना बनाऔ’
रुद्रबहादुर कार्की स्मृतिग्रन्थ विमोचन
आठौं स्थापना दिवस मनाउँदै नेल्टा