एन प्याव्सनको भाषा ज्ञान प्रतियोगितामा अञ्जुली प्रथम

राष्ट्र न्यूज सम्वाददाता
भाद्र २, २०८०
npabsan photo 2

पोखरा,२ भदौ । नेशनल प्याव्सन कास्कीले आयोजना गरेको अन्तर विद्यालय स्तरीय भाषा ज्ञान प्रतियोगितामा अञ्जुली आवसीय विद्यालय प्रथम भएको छ ।

प्रतियोगितामा शान्तिवाटिका वोर्डिङ स्कूल द्धितीय, डायमण्ड मोडेल स्कूल तृतीय र हेम्जा वोर्डिङ स्कूल सान्त्वना भएका छन् ।

प्रतियोगितामा विजयी विद्यालयलाई नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, द्धितीय उपाध्यक्ष केशवशरण पौडेल, सहसचिव प्रेमराज अधिकारीले ट्रफी मेडल प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा फाइनल चरणमा प्रवेश गरेका दुई विद्यालय वाल प्रतिभा वोर्डिङ स्कूल र अक्सफोर्ड स्कूललाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा ३६ विद्यालयको सहभागिता रहेको कार्यक्रम संयोजक राजु कायस्थले जानकारी दिनुभयो ।

‘विद्यालयका अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले एन प्याव्सनले विविध कार्यक्रम गर्दै आएको छ’ एन प्याव्स्न कास्कीका अध्यक्ष अधिकारीले भन्नुभयो, ‘यस्ता खालका प्रतियोगिताले विद्यार्थीलाई थप उर्जा प्रदान गर्ने विश्वास लिएका छौं ।’

प्रतियोगिताको सहजिकरणक डा.भूमिराज वस्ताकोटी, लोकचन्द्र खनाल, शिवहरी सुवेदी र जिवन सागर भण्डारीले गर्नुभएको थियो ।

नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मनकाजी गुरुङ र कार्यक्रम सहसंयोजक आत्माबहादुर थापाले बोल्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives