पोखरा, ९ साउन। गैर आवासिय नेपाली संघ (एनआरएन) माल्टाको अध्यक्षमा पोखरा – ३२ रोशन गिरीले उम्मेद्वारी दिनुभएको छ ।
माल्टाका निवर्तमान महासचिव रहनुभएका गिरीले सन् २०२३ देखि २०२५ सम्मको कार्यकालका लागि उम्मेद्वारी दिनुभएको हो । निर्वाचन जुलाई ३० तारिखमा हुँदैछ ।
उहाँले सन् २०१९ देखि २०२१ सम्म एनआरएन माल्टाको युवा संयोजकको भूमिका समेत निर्वाह गर्नुभएको थियो । अध्ययनको शिलसिलामा माल्टा पुग्नुभएका २७ वर्षीय गिरी सम्भवत् एनआरएन अध्यक्षमा उम्मेद्वार दिने कान्छा उम्मेद्वार हुनुहुन्छ।
अध्ययन सँगसँगै सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आउनुभएका गिरी अहिले व्यवसायमा संलग्न हुनुहुन्छ ।
उम्मेद्वार गिरीले आफूले अझ् बढी सामाजिक उत्तरदायित्व वहन गर्ने र नेपालीको दुःख, सुखमा साथ दिने प्रतिवद्वता व्यक्त गर्दै निर्वाचित गरिदिन आग्रह गर्नुभएको छ ।
Related News
सम्बन्धित समाचार
ईन्टर कलेज व्याण्ड कम्पिटिसनका दर्शकलाई एनटिसीको सिम निःशुल्क वितरण गरिने
पोखरा महानगरपालिका वडा नं.१६ र १९ मा निःशुल्क एम्बुलेन्स सेवा
सुर्खेतका वादीलाई ग्लोबलको सहयोग
तेर्सापट्टिमा निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविर
एन प्याव्सनको भाषा ज्ञान प्रतियोगितामा अञ्जुली प्रथम