पोखरा, ३ साउन । आधुनिक पोखराका अभियन्ता रुद्रबहादुर कार्कीको ९९ औं जन्मदिनद पारेर नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा.जगमान गुरुङले ‘रुद्रबहादुर कार्की स्मृतिग्रन्थ’ विमोचन गर्नुभएको छ ।
प्रमुख अतिथि डा. जगमान गुरुङले ‘अंशको कुरा वंशलाई जातको कुरा भताहलाई’ जस्तै आफूले वि.सं.२०१८ सालदेखिको पोखरा र यहाँका रैथानेलाई नियाल्न पाएको स्मरण गर्दै कार्कीले दिएको योगदानको चर्चा गर्नुभयो । डा.गुरुङले भन्नुभयो ‘आजको पोखराको जग रुद्रबहादुर कार्कीले २० को दशकमै कोरेका कारण पोखरा सहरोन्मुख भएको हो । ’
कार्यक्रममा जोर्ज जोन, डा. अनिल सुवेदी, विश्वमोहन गौचन, बद्रविनोद प्रतीक, हरिदेवी कोइरालाले कार्कीसँगको सङ्गत र व्यक्तित्वमाथि आआफ्ना विचार राख्दै पोखराका लागि कार्की गर्व गर्न लायक र अनुकरणीय व्यक्तित्व भएको बताउनुभयो ।
स्मृतिग्रन्थमा समेटिएका आलेखहरूको समीक्षा गर्दै प्राडा ज्ञानबहादुर कार्कीले तत्कालीन पोखराको बाटो चाक्लो बनाउने, नयाँशिक्षा लागु गर्ने, कृषि उत्पादन बढाउन रवी बाली लगाउने, हेरालो र काञ्जी हाउसको व्यवस्था गर्ने, खानेपानीका धारा जोड्ने, खोला नियन्त्रण र बाँध बनाउने, प्रशासनीक संरचना बनाउने, अन्तर्राष्ट्रिय विमानस्थल, बसपार्क लगायत विकास निर्माणका कामको खाका तयार गर्ने, आधुनिक पोखराको जग हाल्ने काममा कार्कीले विशिष्ट योगदान दिएको चर्चा गर्नुभयो ।
रुद्रबहादुर कार्की स्मृतिग्रन्थ प्रकाशन समितिद्वारा आयोजित कार्यक्रममा वि.सं. २०२८ देखि २०३१ सम्म पोखरा नगर पञ्चायतका प्रधानपञ्च हुनुभएका कार्कीको राजनीतिक जीवन, उहाँले आधुनिक पोखरा बनाउन गरेको पहल र विकासका क्षेत्रमा पु¥याएको योगदानसम्बन्धी लेखिएका आलेख, अभिलेख र संस्मरणहरू समावेश गरिएको छ ।
दुई सय ६० पृष्ठमा संरचित स्मृतिग्रन्थको सम्पादन प्राडा कृष्ण के.सी., प्राडा दिलबहादुर क्षत्री र उपप्राध्यापक सुरेश रानाभाटले गर्नुभएको हो भने आवरण विम्बकवि प्राज्ञ रमेश श्रेष्ठले तयार गर्नुभएको हो ।
कार्कीको जन्म वि.सं. १९८१ असार २९ गते र मृत्यु वि.सं. २०७८ चैत्र ७ गते भएको थियो । स्मृतिग्रन्थ प्रकाशन समितिका अध्यक्ष टीकाबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यकक्रमा अश्विन कार्कीले स्वागत मन्तव्य र सञ्चालन दीपेन्द्र श्रेष्ठले गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
डागर स्मृति पुरस्कार युवा वैज्ञानिक मनिषालाई
स्थापना दिवसमा कर्मचारी युनियनद्वारा मानवसेवा आश्रममा सहयोग
‘कास्कीलाई विकासमा नमुना बनाऔ’
शिक्षाको गुणस्तर बढाउन वडामा अन्तरक्रिया
आठौं स्थापना दिवस मनाउँदै नेल्टा