बुढीबजार खराने सडक विस्तार शुरु

राष्ट्र न्यूज सम्वाददाता
असार २९, २०८०
Sadak Bistar pic 02

पोखरा, २९ असार । पोखरा महानगरपालिका वडा नंं २६ ले बुढिबजार देखी खरानेफाँटसम्मको सडक विस्तारको काम शुरु गरेको छ ।

विजयपुर सिंचाई प्रणालीको नहरको एकतर्फी रहेको उक्त सडकलाई दुर्व तर्फबाट सवारी साधन संचालन गर्ने गरी विहिबार देखी वडाले विस्तारको काम शुरु गरेको हो ।

वडाले ३५ दिने र त्यसपछि थप सात दिनको सूचना प्रकाशित गरी स्थानीयलाई मापदण्ड भित्रको संरचना हटाउन अनुरोध गरेको थियो । वडाले सूचना गरेपछि स्थानीयले आफ्नो घर अगाडिको मापदण्ड भित्रको संरचना हटाउनुभएको थियो । धेरै जसो ठाउँमा स्थानीयले आफै संरचना हटाएको उल्लेख गर्दै, वडाध्यक्ष नरेन्द्र थापाले केही जटिल ठाउँमा डोजर लगाइएको जानकारी दिनुभयो ।

सडक एकतर्फी संचालन हुँदा लामोसमय देखी ट्राफिक जामको समस्या देखिदै आएको र सडक विस्तार अति आवश्यक भएकाले वडाले प्राथमिकताका साथ कार्य थालनी गरेको अध्यक्ष थापाको भनाइ छ ।

स्थानीयको भौतिक संरचनामा कम क्षति होस् भन्ने उद्देश्यले सम्बन्धित घर तथा जग्गाधनीलाई सहजीकरण समितिमा राखेर काम गरेको समेत अध्यक्ष थापाले बताउनुभयो । बल प्रयोग नगरी समझदारी र सहकार्यमा जटिल काम सहज तरिकाले गर्न सकिन्छ भन्ने उदाहरण बनेको अध्यक्ष थापाको भनाइ छ ।

सहजीकरण समितिका संयोजक मुरारी बरालले एक दुई वटा संरचनाका घरधनीले थप क्षति नहुने गरी हटाउन चाहेकाले केही समय दिइएको बाहेक अन्यत्र वडाले अहिले सडक विस्तारका लागि तोकेको क्षेत्राधिकार भित्रका टहरा तथा कम्पाउण्डवाल सहज तरिकालै हटाइएको बताउनुभयो ।

बुढीबजार चोक देखि खरानेफाँट वडा नंं २६ को सिमानासम्म करिव डेढ किलोमिटरको दुरीसम्म मापदण्ड भित्रका संरचना हटाउने गरी वडाले योजना बनाएको र आर्थिक बर्ष २०८०÷०८१ का लागि उक्त सडकमा एक करोड रुपैया विनियोजन गरेको समेत अध्यक्ष थापाले बताउनुभयो । सडक विस्तार चुनौतीका रुपमा रहेको थियो, सवैको सहयोग र साथले सहज भयो अध्यक्ष थापाले भन्नुभयो—“सडकको स्तरोन्नती सहित सौन्दर्यकरण गरिने छ ।”

Related News

सम्बन्धित समाचार

Archives

Archives