कास्कीमा विपन्न बस्तिमा मुख्यमन्त्री कार्यक्रम उपयोगी र प्रभावकारी भएको स्थानीयको भनाइ

राष्ट्र न्यूज सम्वाददाता
असार १९, २०८०
bipann bastimaa mukhya mantree

पोखरा, १९ असार । कास्कीमा विपन्न बस्तिमा मुख्यमन्त्री कार्यक्रम उपयोगी र प्रभावकारी भएको स्थानीय लाभग्राहीहरूले बताउनुभएको छ ।

सो कार्यक्रमको अनुगमन तथा कार्यान्वयनको अवस्था निरिक्षण गर्दै कार्यक्रमको कास्की जिल्ला संयोजक समेत रहनुभएका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले अति विपन्न जनताको आर्थिक स्तर सुधार्न प्रदेश सरकारले ल्याएको कार्यक्रम सफलरूपमा कार्यान्वयन भएकोमा खुशी व्यक्त गर्नुभयो ।

पौडेलले बिपन्नहरूको आय आर्जनमा जग बसाउन ल्याइएको कार्यक्रमबाट पूर्ण लाभ लिदै भविष्यमा ब्यबसाय विस्तार हुनेगरी अघि बढ््नुपर्नेमा जोड दिनुभयो ।

कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले कुल लागतको ९० प्रतिशत प्रदेश सरकार र बाँकी दस प्रतिशत रकम लाभग्राही स्वयंले ब्यहोर्ने गरि संचालित कार्यक्रम परिणाम उन्मुख र सफल देखिनुले अब समृद्धिका दिन धेरै टाढा नभएको उल्लेख गर्नुभयो।

उहाँले केही गर्ने इच्छा शक्ति भएका तर लगानी तथा अन्य कारणले आफ्नो आर्थिक अवस्था सुधार गर्न नसकेका जनताको लागि यो कार्यक्रम फलदायी हुने बिश्वास व्यक्त गर्नुभयो ।

कृषि ज्ञान केन्द्र पोखराका प्रमुख शालिकराम अधिकारिले रूपाको इश्लामिक कृषि समूहलाइ करिब बाईस लाख रूपैयाँको लागतका मौरी सहितका घार, कुखुरा सहितका खोर ,तरकारी टनेल तथा विभिन्न फलफूलका बिरुवा वितरण गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार, मादीका गाउँपालिका वडा न ७ स्थित थाक गाउँमा करिब बाईस लाख रूपैयाँकै लागतका मौरी सहितका घार, कुखुरा सहितका खोर ,तरकारी टनेल तथा विभिन्न फलफूलका बिरुवा वितरण गरिएको जानकारी दिनुभयो ।

रूपा गाउँपालिकाका मिया गाउँका स्थानीय अगुवा तथा समाजसेवी सबाबक्स मियाँले विपन्न वर्गको उत्थानका लागि सहयोगी कार्यक्रम ल्याएकोमा प्रदेश सरकारलाई आभार प्रकट गर्दै यी र यस्ता जनहितकारी कार्यले नै नेपालमा संघीयताको औचित्य पुष्टि हुँदै जाने उल्लेख गर्नुभयो ।

त्यस्तै मादी थाकबस्तिका स्थानीय लाभग्राही कृषक थाक विपन्न बर्ग तरकारी उत्पादन कृषि समूहकी अध्यक्ष पदम कुमारी कोइरालाले आफुहरूको पीडा बुझ्ने प्रदेश सरकार भएको अनुभुति आफुहरूलाई भएको भन्दै यो अवसरको उच्चतम सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विपन्न जनताको बसोबास भएको बस्तिको पहिचान गरि आर्थिक बर्ष २०७९–८० को कार्यक्रम अन्तर्गत कृषि तथा भुमि ब्यबस्था मन्त्रालय मातहतको कृषि ज्ञान केन्द्र मार्फत जनताको आयस्तरमा सुधार ल्याउने उद्देश्यले प्रदेशका ११ वटै जिल्लामा कार्यक्रम संचालित छ ।

जसअन्तर्गत अन्तर्गत कास्की जिल्लामा रूपा गाउँपालिका वडा न ६ को मिया गाउँस्थित इश्लामिक कृषि समूह र मादीका गाउँपालिका वडा न ७ स्थित थाक गाउँका विपन्न बस्ति चालू आर्थिक वर्ष २०७९÷०८ ०मा छनोटमा परेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives