पोखरा, ६ असार । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक बुधबार अन्तर्राष्ट्रिय जहान अवतरण भएको छ ।
चीनको छेन्दु–तियान्फु इन्टरनेशनल विमानस्थलबाट उडेको सिचुवान एयरलाइन्सको एयरबस ए ३१९ जहाज चार्टड उडान मार्फत् अवतरण भएको हो । जहाज बिहान ९ः०६ मा विमानस्थलमा अवतरण भएको थियो ।
विमानस्थल संचालनमा आएको ६ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय जहाज अवतरण भएको हो । जहाजमा ३५ जना यात्रु हुनुहुन्थ्यो ।
विमानस्थलमा ओर्लिएका यात्रुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँती लगायतले स्वागत गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
ईन्टर कलेज व्याण्ड कम्पिटिसनका दर्शकलाई एनटिसीको सिम निःशुल्क वितरण गरिने
पोखरा महानगरपालिका वडा नं.१६ र १९ मा निःशुल्क एम्बुलेन्स सेवा
सुर्खेतका वादीलाई ग्लोबलको सहयोग
तेर्सापट्टिमा निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविर
एन प्याव्सनको भाषा ज्ञान प्रतियोगितामा अञ्जुली प्रथम