पोखरा, १ असार । नक्कली सुन देखाई ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले सिन्धुलीको दुधौली नगरपालिका वडा नं. १० कोगटी बस्ने ४४ वर्षीय बिमल तामाङ र मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नं.२ बस्ने ४१ वर्षीय सन्तोष मगरलाई पक्राउ गरेको हो ।
निजहरुलाई शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा पोखरा महानगरपालिका वडा नं.२६ अर्घौचोकबाट पक्राउ गरिएको हो । निजहरुको साथबाट सुन जस्तो देखिने पहेँलो रंगको धातु ३ थान, विभिन्न कम्पनीका मोवाईल ३ थान र नगद पाँच हजार चार सय ३५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
कास्की जिल्ला अदालतबाट ठगी,आपराधिक विश्वास घात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा १० दिन म्याद थप गरी निजहरुको अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।
Related News
सम्बन्धित समाचार
ईन्टर कलेज व्याण्ड कम्पिटिसनका दर्शकलाई एनटिसीको सिम निःशुल्क वितरण गरिने
पोखरा महानगरपालिका वडा नं.१६ र १९ मा निःशुल्क एम्बुलेन्स सेवा
सुर्खेतका वादीलाई ग्लोबलको सहयोग
तेर्सापट्टिमा निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविर
एन प्याव्सनको भाषा ज्ञान प्रतियोगितामा अञ्जुली प्रथम