हेमजा, ३२ जेठ । माछापुच्छ्रे गाउँपालिका वडा नं ४ कार्यालयले आ.व ०८०÷८१ को योजना तर्जुमा कार्यक्रम गरेको छ ।
कार्यक्रममा चालु आ.व ७९÷८० मा सञ्चालित वार्षिक योजनाहरुको पनि समिक्षा गरिएको थियो । योजनाको प्राथमिकीकरणका आधारमा अल्प, मध्य र दीर्घकालिन योजना पहिचान गरी विषयगत वडास्तरीय विज्ञ समूहको सहकार्यमा वडाको योजना अगाडि बढ्ने अध्यक्ष मधुसुधन अधिकारीले जानकारी दिनुभयो ।
पालिकाबाट वडाका लागि गत आ.वमा ८० लाख बजेट विनियोजन भएकोमा यस आ.वमा ५३ लाख विनियोजन भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका वडा सभापति रामचन्द्र अधिकारी, नेकपा एमालेका वडा अध्यक्ष टेक बहादुर श्रेष्ठ, रा.प्र.पा वडा अध्यक्ष विजय अधिकारी, रा.स्व.पा वडा अध्यक्ष भुपेन्द्र कुँवर, विभिन्न टोल विकास संस्थाका अध्यक्षहरु, क्लबका अध्यक्ष ,शिक्ष, स्वास्थ्य ,खानेपानी एंव अन्य संघ संस्थाका प्रतिनिधिहरुले प्रतिनिधिमूलक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
वडा सिमाना, मर्दी सेतीको संरक्षण, सार्वजनिक जग्गाको खोजि एवं संरक्षण ,लाहाचोक पुरन्चौर जोड्ने मोटरपुलको निर्माण, उच्च शिक्षा विकासका लागि विद्यालयहरुमा स्वरोजगार प्राविधिक शिक्षालय ,पालिका हस्पिटल, एक पालिका एक खेलग्राम अन्तर्गतको महेन्द्र मा.वि खेलमैदान मर्दि रिर्भर पार्कलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।
त्यस्तै, लाहाचोक अर्मला खुमै पैदलमार्ग,अर्मला प्याराग्लाईडिङ्ग हब, पातिखोला गुफा, बानेटाकुरा मन्दिर प्रवद्र्वन, कृषि उपज संकलन केन्द्र, चोक चोकमा सडक वत्ती, मर्दिपुल प्रवेश गेट सँंगै एक्पोलर लाहाचोक डिजिटल होडिङ् वोर्ड, फोहोर व्यवस्थापन, लगायतका योजना निर्माण गर्नुपर्नेमा जोड रहेको छ ।
वडाध्यक्ष अधिकारीले समृद्ध लाहाचोक निर्माणका लागि सरोकारवाला सबैसँग हातेमालो गर्न वडा सधै तयार रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रमको संचालन भुवदेव अधिकारीले गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरामा स्काई डाइभिङ शुरु, नेपाली प्रशिक्षकहरु नै स्काइ डाइभिङ गराउन सफल
माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा प्रि. क्वाटरफाइनल खेल सकियो
युनिकन अन्तर विद्यालय फुटबल प्रतियोगितामा छात्रा तर्फ अमरसिंह र छात्र तर्फ बाराही प्रथम
पांचौ संस्करणको क्रस कन्ट्रीमा आर्मीको बर्चस्व
भारतका आश्रब्य र मंगोलियाकी मार्टा च्याम्पियन
Archives
Archives