प्रदेश स्तरीय प्रथम पुरुष हक्क प्रतियोगितामा कास्की प्रथम

राष्ट्र न्यूज सम्वाददाता
जेठ ३०, २०८०
Hucky

पोखरा, ३० जेठ । पोखरामा आयोजना भएको गण्डकी प्रदेश स्तरीय प्रथम पुरुष हक्क प्रतियोगीतामा कास्की प्रथम भएको छ ।

फाइनल खेलमा कास्कीले तनहुँलाई १ – ० गोल अन्तरले हराएर उपाधी चुमेको हो । निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा दुवैतर्फबाट १–१ को बराबरी पछि भएको सडेनडेथमा कास्कीले बाजी मारेको हो ।

प्रदेश खेलकूद परिषद, गण्डकीको आयोजना तथा कास्की जिल्ला हक्की संघको व्यवस्थापनमा भएको उक्त प्रतियोगितामा तनहुँ कास्की स्याङ्जा, पर्वत, बाग्लुङ्गको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय हुनेले क्रमशः २० हजार र १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नुका साथै सान्त्वना पुरस्कार स्वरुप सम्पुर्ण सहभागी टिमलाई पाँच÷पाँच हजारका दरले पुरस्कृत गरिएको छ ।

कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालको प्रमुख आतिथ्यतामा भएको हो ।

कास्की जिल्ला हक्की संघका अध्यक्ष मिलन केसीको सभापतित्व भएको कार्यक्रम राजन पौड्यालले संचालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives