आठौं स्थापना दिवस मनाउँदै नेल्टा

राष्ट्र न्यूज सम्वाददाता
जेठ २४, २०८०
nelta

पोखरा, २४ जेठ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा)ले विविध कार्यक्रम गरी जेठ २६ गते शुक्रबार आठ औं स्थापना दिवस मनाउने भएको छ ।

प्रदेश, जिल्ला र पालिकास्तरमा विभिन्न रचनात्मक क्रियाकलाप गरी स्थापना दिवस मनाउने तयारी भएको संघका महासचिव सुुरेश श्रेष्ठले जानकारी दिनुभयो ।

नेल्टा गण्डकी र कास्की कार्यसमितिले संयुक्त रुपमा कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ४ लाहाचोकमा कार्यक्रम गरी स्थापना दिवस मनाउन भएका छन् ।

पछिल्लो समय कास्कीमा पालिएका पशुहरुमा देखिएको लम्पी स्किन रोग बारे सचेतना र गाई÷भैंसीका लागि निःशुल्क औंषधी वितरण गरिने भएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives