पोखरा, २० जेठ । लोकतान्त्रिक इन्जिनियरको छाता संस्था सिडेन गण्डकी प्रदेशले इन्जिनियरहरुका लागि लाइसेन्स तयारी सम्वन्धी कार्यक्रम गर्ने भएको छ ।
भर्खर इन्जिनियर पास गरेका वा पास भएर पनि नेपाल इन्जिनियर काउन्सिलबाट विभिन्न बिधामा इन्जिनियरको लाइसेन्स प्राप्त नगरेका इन्जिनियरहरुलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको हो । कार्यक्रम जेठ २७ गते शनिवार पोखरामा हुनेछ ।
सो कार्यक्रमबाट गण्डकी प्रदेशका करिब तीन सय जना इन्जिनियर लाभान्वित हुन अपेक्षा गरिएको । लाइसेन्स परीक्षासहित इन्जिनियरिङ्ग पेशाका लागि कार्यक्रम महत्वपूर्ण हुने सिडेन गण्डकीका सचिव विशाल थापाले बताउनुभयो ।
कार्यक्रममा सहभागी हुन इन्छुक इन्जिनियरहरुले संस्थाका सहसचिव निरोज लामिछानेलाई सम्पर्क गर्न सकिने सदस्य सुमन शर्माले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
पोखरामा विश्व एड्स दिवस मनाइयो
कानुन व्यवसायी बाँस्तोला अभियनयमा
पोखरा १३ का विपन्न तथा मजदुरका लागि निशुल्क स्वास्थ्य बिमा कार्ड
पोखरामा रगत अभाव, सोमबार बिहान जिरो किमिमा रक्तदान कार्यक्रम
पर्यटन टिकाउन होटल संघद्वारा राष्ट्र बैंकको ध्यानाकर्षण