गण्डकी प्रदेशस्तरीय परम्परागत ठेलो प्रतियोगितामा पर्वतको कब्जा

राष्ट्र न्यूज सम्वाददाता
जेठ २०, २०८०
Thelo

पोखरा, २० जेठ । गण्डकी प्रदेशस्तरिय परम्परागत ठेलो प्रतियोगितामा पर्वत जिल्लाले कब्जा जमाएको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा शनिबार म्याग्दीको बेनीमा सम्पन्न प्रतियोगितामा पर्वतले क्लिन स्विप गर्दै कब्जा जमाएको हो ।

पर्वतले पहिलो, दोश्रो र तेश्रो तिनै स्थानमा कव्जा जमाएको छ । पर्वतका किरण विकले १४.०१ मिटरको दुरी ठेलो फाल्दै पहिलो स्थान प्राप्त गर्न सफल हुनुभयो । उहाँले नगद रु २५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नुभयो ।

त्यस्तै पर्वतका राजेन्द्र हमालले १३.९७ मिटरको दुरी फाल्दै दोश्रो र निशान बोहराले १२.८२ मिटर ठेलो फाल्दै तेश्रो हुनुभयो । दोश्रो हुने हमालले नगद रु १५ हजार र तेश्रो हुने बोहराले नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक योगेन्द्र शेरचनले जानकारी दिनुभयो ।

प्रतियोगितामा म्याग्दी, बागलुङ र पर्वतका गरी १२ खेलाडीहरुको सहभागिता रहेको थियो । लमजुङ र कास्कीले प्रतियोगितामा सहभागिता जनाउने बताए पनि अन्तिम समयमा अनुपस्थित रहेका थिए ।

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई बेनी नगरपालिकाका प्रमुख सुरज केसी, प्रदेश खेलकुद परिषद्की सदस्य चन्द्रा घले गुरुङ, जिल्ला खेलकुद म्याग्दीका अध्यक्ष दिनेश केसी लगायतले नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

ठेलो प्रतियोगिता गण्डकी प्रदेशमा परम्पराको रुपमा खेलिदै आएकोमा सो को सरक्षण, प्रवद्र्वन र प्रचार प्रसारका लागि आयोजना गरिएको परिषद्का सदस्य समेत रहेका शेरचनले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives