पहुचयुक्त संरचना र संचार सम्वन्धी कार्यक्रम

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ३१, २०८०
Aja

पोखरा, ३१ वैशाख । स्वाबलम्वन जीवन पद्वती केन्द्र पोखराको आयोजनामा पहुचयुक्त संरचना र संचार सम्वन्धी अभिमुखीकरण र पहुचयुक्त परीक्षण कार्यक्रम गरिएको छ ।

सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा वैशाख ३० र ३१ गते कार्यक्रम गरिएको हो । कार्यक्रममा विभिन्न मन्त्रालय र स्थानीय सरकारमा कार्यरत इन्जिनियर, जनप्रतिनिधि, अपाङ्गता क्षेत्रका अगुवा गरी ४१ जनाको सहभागिता रहेको थियो ।

सबैका लागि पहुचयुक्त भौतिक संरचना आवश्यक रहेको बारे जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा अपाङ्गता के हो ?, यसका प्रकार, पहुचयुक्तता भनेको के हो ? र त्यसको आवश्यकता बारे छलफल गरिएको थियो । कार्यक्रमका क्रममा पहुचयुक्त मापदण्ड वमोजिम फिल्ड परीक्षण अभ्यास पनि गरिएको थियो ।

पहुचयुक्त संरचना अपाङ्गताका लागि मात्रै नभएर ज्येष्ठ नागरिक, गर्भवती महिला र विरामी लगायतलाई पनि आवश्यक रहेको कार्यक्रममा औल्याइएको छ ।

कार्यक्रममा इन्जिनियर टेक राना र राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै सामाजिक विकास कार्यालय कास्कीका प्रमुख इन्द्र बहादुर थापाले राज्य र प्राविधिक दुवैलाई पहुचयुक्त संरचनाको आवश्यकता बारे सूसुचित बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कतिपय सरकारी संरचना अपाङ्गता मैत्री नभएको र कतिपयमा अझै सुधार्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

स्वाबलम्वन जीवन पद्वती केन्द्र पोखराका अध्यक्ष हेम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव अन्जना केसी, दिपक भण्डारी र सुवाष भट्टराईले बोल्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

  • रोकामगरलाई आर्थिक सहयोग

    राष्ट्र न्यूज सम्वाददाता जेठ ९, २०८०
    पोखरा, ९ जेठ । उपचार खर्चको अभावमा गण्डकी मेडिकल कलेजको सर्जिकल वाडमा छटपटाइरहनु भएकी तमकुमारी रोकामगरलाई पोखरा आध्यात्मिक तथा सिप…
  • उपनिर्वाचनको दिन यी सडक बन्द हुने

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ९, २०८०
    पोखरा, ९ वैशाख । वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्षित गरी विभिन्न स्थानका सडक बन्द गरिने भएको छ । आज…
  • युनाइटेडको १३ औं वार्षिकोत्सव उपल्लो मुस्ताङको छोसेर गाउँमा

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ८, २०८०
    पोखरा, ८ वैशाख । पोखराको युनाइटेड क्लबले उपल्लो मुस्ताङको छोसेर गाँउमा पुगी आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ । गुफै…
  • पटनाबाट भारतीय शहरमा प्रवद्र्धन सुरु

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ५, २०८०
    –वासुदेव पौडेल पटना(भारत), ४ वैशाखः नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा भारतका…
  • बर्दिया पोखरा सम्पर्क समाजको अध्यक्षमा पौडेल

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ३०, २०७९
    पोखरा, ३० चैत । बर्दिया पोखरा सम्पर्क समाजको तेस्रो अधिवेशन तथा पाँचौं साधारण सभाले केशवराज पौडेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन…