पोखरा, २९ वैशाख । कास्की जिल्ला स्तरीय ह्विलचेयर बास्केटबल प्रतियोगितामा पोखरा महानगर टीम प्रथम भएको छ ।
आइएनएफ हरियोखर्क द्वितीय र महिला मिथ एफसिआई टोली तृतीय भए ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा नं १५ को आयोजना तथा अपाङ्गता सञ्जाल पोखरा १५ को समन्वयमा प्रतियोगिता भएको हो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः १० हजार, पाँच हजार र दुई हजार पाँच सय नगदसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । खेल हरियो खर्क हस्पतालको बास्केटबल मैदानमा भएको थियो ।
विजयी टोलीलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य, पोखरा १५ का वडा अध्यक्ष तोरणबहादुर बानियाँ लगायतले पुरस्कार वितरण गर्नुभयो।
पोखरा १५ ले खेलकुदको विकासका लागि यसअघि पनि खेलकुद महोत्सव आयोजना गरेको थियो । नौ सय ६ जना खेलाडीहरुको उल्लेख सहभागी गरेको उक्त खेलबाट उत्पादित खेलाडीहरु विभिन्न स्थानीय , जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका खेलमा सहभागी भइरहेका छन् ।
Related News
सम्बन्धित समाचार
टाइगर कप भलिबलः फाइनल खेल आज हुने
हिसान गण्डकी फुटसल कास्की छनौटमा गुरुकुल विद्यासदन च्याम्पियन
लम्बियो टाइगर कपः बिहीबार महिलातर्फ एलिमिनेटर र पुरुषतर्फ लिग चरणका खेल हुने
टाइगर कप भलिबलः आज लिगका अन्तिम चरणका खेल हुने
तेस्रो माछापुच्छे गाँउपालिका अध्यक्ष कप फागुन दोस्रो साता देखि