‘खेलकुद र ध्यान’ विषयक कार्यशाला

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १७, २०८०
viber_image_2023-04-30_11-01-31-507

पोखरा, १८ वैशाख । पोखरामा आइतबार खेलकुद र ध्यान विषयक एक कार्यशाला भएको छ ।

‘श्री चिनमोई ओननेस होम पिस रन’ नेपालको आयोजना, नेपाल भूतपूर्व खेलाडी मञ्चको समन्वय तथा पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा भएको हो ।

कार्यक्रममा मास्टर श्री चिनमोइका पथ प्रदर्शक तथा ३१०० माइलका धावक प्रदिप होगाकरले खेलकुदमा ध्यान महत्वपूर्ण रहने बताउनुभयो ।

ध्यान र साधनाका कारण ३१०० माइल जस्तो कठिन दौड समयमा पूरा गर्न सकेको तर्फ इगिंत गर्दै डच नागरिक समेत रहेका होगाकरले भन्नुभयो– ‘खेलकुदमा जित आफू भित्र रहेको शक्तिले मात्रै पुरा हुन सक्दैन । यसका लागि अन्र्तनिहित क्षमता उजगार गर्न ध्यान र साधनाको भूमिका हुन्छ ।’

कार्यक्रममा गण्डकी विश्व विद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङले यस प्रकारको कार्यक्रम जिवनलाई सुन्दर बनाउन र विश्वमा शान्ति स्थापनाका लागि उत्तिकै अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङ, ‘श्री चिनमोई ओननेस होम पिस रन’ नेपालकी संयोजक स्वेता प्रधान, मञ्चका महासचिव कृष्ण तिमिल्सिनालगायतले बोल्नुभएको थियो ।

सो कार्यक्रममा विभिन्न संघ–संस्थाहरुका प्रतिनिधिहरु गरी एक सय ५० जनाको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives