पोखरा, ८ वैशाख । पोखराको युनाइटेड क्लबले उपल्लो मुस्ताङको छोसेर गाँउमा पुगी आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ ।
गुफै गुफाको गाँउले परिचित उपल्लो मुस्ताङको लोमान्थाङ गाँउपालिका वडा नम्बर २ मा रहेको छोसेर गाँउमा पुगेर क्लबले वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा प्रमुख अतिथि लोमान्थाङ गाँउपालिका वडा नम्बर २ का अध्यक्ष कर्मा नामग्याल गुरुङले पर्यटन र सामाजिक क्षेत्रमा काम गर्दै आएको क्लबले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले छोसेरमा आएर आफ्नो वार्षिकोत्सव मनाएकोमा खुशी व्यक्त गर्नुभयो ।
युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल र सह सचिव सन्तोष सिग्देलले क्लबले उद्देश्य अनुसार गतविधि संचालन गरिरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा क्लबका कोषाध्यक्ष तथा एघारौं पोखरा महोत्सवको अर्थ ब्यवस्थापन उपसमिति संयोजक सूर्य बहादुर बानियाँले एघारौं पोखरा महोत्सवबाट १४ लाख ८२ हजार ६ सय ९९ रुपैैयाँ बचत भएको जानकारी दिनुभयो ।
क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव दिनेश सुनार, पूर्व अध्यक्ष सुकबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापा र प्रथम उपाध्यक्ष गणेश तिमिल्सिनाले बोल्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
रोकामगरलाई आर्थिक सहयोग
पहुचयुक्त संरचना र संचार सम्वन्धी कार्यक्रम
उपनिर्वाचनको दिन यी सडक बन्द हुने
पटनाबाट भारतीय शहरमा प्रवद्र्धन सुरु
बर्दिया पोखरा सम्पर्क समाजको अध्यक्षमा पौडेल